कुनै निकायको अर्थात बोटलर्स नेपाल लि. को विगत तीन बर्षअघिसम्मको तुलनामा शेयर संरचनामा कुनै परिवर्तन नभए तापनि पचास प्रतिशत वा सो भन्दा बढी अर्थात 76.16 प्रतिशत स्वामित्व परिवर्तन भएको सो निकायले अर्थात बोटलर्स नेपाल लि. ले आफ्नो स्वामित्वको सम्पत्ति वा आफूले वहन गरेको दायित्व निसर्ग गरेको मानिने रहेछ भन्ने देखियो। यसरी शेयर कारोबार मार्फत बोटलर्स नेपाल लि. को नियन्त्रण परिवर्तन भएको साथै यस्तो परिवर्तन पश्चात बोटलर्स नेपाल लि. को चल, अचल र प्राप्त लाभ र मुनाफा समेतको सम्पत्तिमा European Refreshment Ireland को हक स्थापित भएको हुँदा बोटलर्स नेपाल लि. को स्वामित्व निसर्ग भएको देखिन्छ। तर उक्त सम्पत्ति तथा दायित्व भने बोटलर्स नेपाल लिमिटेडसँगै रहेको देखिँदा यस प्रकारको निसर्गलाई दफा 41 बमोजिम सम्पत्ति वा दायित्वको थमौती सहितको निसर्ग (Disposal with retention of asset or deemed disposal) भएको मान्नुपर्ने देखियो।
Taxation
Bottlers Nepal Ltd. v. Department of Internal Revenue
कुनै निकायको अर्थात बोटलर्स नेपाल लि. को विगत तीन बर्षअघिसम्मको तुलनामा शेयर संरचनामा कुनै परिवर्तन नभए तापनि पचास प्रतिशत वा सो भन्दा बढी अर्थात 76.16 प्रतिशत स्वामित्व परिवर्तन…

