Triveni Flexopack Pvt. Ltd. vs. Medium Taxpayer Office, 080-RB-0040
आसामी उठाउन मुद्दा गरेमा मात्र ब्याज कट्टी पाईने हो?
====================================
कर प्रशासनले निर्णय क्रममा करदाताले आसामीबाट पाउनुपर्ने रकम उठाउन कानूनी प्रयास नगरेको भनी उल्लेख गरेतापनि प्रस्तुत करदाताले उक्त रकम उठाउन प्रयास गरिरहेको भनी जिकिर लिएको पाइन्छ। व्यावसायको सिलसिलामा उक्त रकम उठाउन कानूनी प्रक्रियामा गै मुद्दा मामिला नै गर्नुपर्ने कानूनी बाध्यता पनि देखिदैन। कतिपय पक्षले मुद्दा मामिला नगर्न पनि सक्छन। यस्तो अवस्थामा कानूनी प्रयास नगरेको भनी निर्णय गर्नु बाञ्छनीय हुँदैन। उक्त रकम उठाउन बैध प्रक्रियाहरु अपनाउनु करदाताको स्वतन्त्रता हो। करदाताको व्यवसायिक स्वतन्त्रतामा अनावश्यक रुपमा कर प्रशासन प्रवेश गर्नु बाञ्छनियी हुदैन। तसर्थ, यिनै आधार र कारणबाट करदाताले उठाउनु पर्ने रकम हुनुलाई स्वभाविकै मान्नुपर्ने, उक्त रकम उठाउन करदाता प्रयासरत नै देखिएको, बैंकबाट प्राप्त ऋणको सही प्रयोजन बैंकले नै निर्दिष्ट गर्ने लगायतका तथ्यलाई अन्यथा भन्नुपर्ने अवस्था नहुँदा उक्त ऋण वापतको व्याज खर्च व्यावसायकै आय आर्जन हुने कार्यका लागि भएको खर्च नै मान्नु पर्ने देखियो।

