Swavalamban Laghubitta Bittiya Sanstha Limited vs. Purnachandra Raj Awasthi et al. (080-WF-0034), page 82
Non applicability of Labor Law in Banks
=============================
प्रस्तुत रिट निवेदनको विषयवस्तुसँग अन्य कुराका अतिरिक्त मूलतः उक्त दफा १८० को उपदफा (२) अन्तरसम्बन्धित देखिएको छ। सो उपदफा (२) मा विशेष कानूनद्वारा गठन हुने सेवा र विशेष आर्थिक क्षेत्रको हकमा प्रचलित नेपाल कानूनमा नै सेवाका शर्त र सुविधाहरु उल्लेख भएको रहेछ भने त्यस्तो सेवामा सोहीबमोजिम हुनेछ भन्नेसमेत कानूनी प्राबधान रहेको देखिन्छ। सो उपदफामा प्रयुक्त विशेष कानूनद्वारा गठन हुने र विशेष आर्थिक क्षेत्रको हकमा भन्ने पदावलीबाटै मुलुकको वित्तीय, आर्थिक र मौद्रिक प्रणालीसँग सम्बन्धित बैङ्क तथा वित्तीय क्षेत्र जस्तो विशेष कानूनद्वारा संस्थापित, सञ्चालित र नियमन हुने विशिष्ट प्रकृतिको बैङ्किङ्ग क्षेत्रलाई श्रम ऐनको दायराबाट बाहिर राखिएको स्पष्ट रुपमा बुझ्न सकिन्छ।

