प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रा.लि. वि. मध्यमस्तरीय करदाता कार्यालय

शेयर किनवेचमा ३० % का दरले वा सामान्य दरले कर लाग्ने?

===========================================

This issue is raised by Tax office in various assessment and also by AG.

A balanced opinion has been passed by RT in this case whereby a Directive order has been issued in the name of IRD/ MoF to make further clarification in the Act regarding the rate of taxation. Ambiguity or lacuna in Act needs to be addressed by the Act itself (by amendment).

यस विषयमा कर कार्यालय तथा महालेखा परीक्षकको कार्यालयबाट करदाताको विषयमा कर निर्धारण/ राय जारी भएका छन।

श्री राजश्व न्यायधिकरणले यस विषयममा मध्यम मार्ग अवलम्बन गरी कर प्रतिशतका सम्बन्धमा स्पष्ट रुपले कानूनी सम्बोधन गर्नको लागि विधेयकको मस्यौदा तयार गरी अर्थ मन्त्रालयमा पेश गर्नु भनी आन्तरिक राजस्व विभागका नाउँमा निर्देशनात्मक आदेश जारी गरेको छ।

===========================================

कानूनले स्पष्ट ढंगले कर नतोकेको अवस्थामा धितोपत्र व्यवसायी तथा धितोपत्र दलाल व्यवसाय धितोपत्र व्यापारी जस्तो अनुमती लिएको अवस्थामा पनि नरहँदा निज पुनरावेदक करदाता जस्तो धितोपत्र खरिद विक्री गर्ने कानूनी व्यक्तिहरुको हकमा धितोपत्र व्यवसायी तथा दलाल व्यवसायी जस्तो ३० प्रतिशतले कर गणना गर्ने राज्यको मनसाय हो भने सो कुरा कानूनमा स्पष्ट गर्नुपर्ने देखियो । कानूनमा रहेको यस्तो अस्पष्टता र रिक्तता पूरा गर्न कानुनले नै संबोधन गरी कर गणना गर्नु पर्ने हुन्छ।